Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • शिक्षकद्वारा किशाेरीमाथि बलात्कार

    शिक्षकद्वारा किशाेरीमाथि बलात्कार

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा एक शिक्षकले किशाेरीमाथि बलात्कार गरेका छन् । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

    नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप लगाइएको छ ।



    राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार