Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रुकुम घटनामा प्रहरीको लापरवाही,लकडाउनमा हुल बांधेर हिड्दा कता थियो प्रहरी ?

    रुकुम घटनामा प्रहरीको लापरवाही,लकडाउनमा हुल बांधेर हिड्दा कता थियो प्रहरी ?

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 4K
    SHARES

    काठमाडौं। युवतीको बिषयलाई लिएर तीन जनाको ज्यान नै गएको तथा तीन जना बेपत्ता र दर्जनौ घाइते बनेको पश्चिम रुकुमको घटनामा प्रहरी र प्रशासनको गम्भिर लापरवाही देखिएको छ।

    सरकारले कोरोना महामारी रोक्न देशभर लकडाउन गरिरहेको छ। लकडाउनमा हुल बाधेर हिडडुल गर्न नलिल्ने नियम बनाइएको छ। तर शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक १९ जना जना  लिएर गएका थिए ।



    त्यतिखेर नै प्रहरीले सुचना पायो या पाएर पनि मौन बस्यो, अहिले चासोको बिषय बनेको छ। किनकी लकडाउनमा प्रहरीले हुल बाधेर हिंडेका उनीहरुलाई रोक्न सकेको भए  यो डरलाग्दो घटना घट्दैन थियो होला । प्रहरीको सुचना संयन्त्र पनि कमजोर देखिएको छ।



    प्रेमिकालाई भगाएर विवाह गर्न चौरजहारी पुगेका युवाहरुलाई गाउँलेले आक्रमण गरेपछि जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारी नगरपालिका–८ का टिकाराम नेपालीको ज्यान गएको थियो ।

    ज्यान बचाउन खोलामा हाम्फालेका अन्य तीन जनाको अवस्था अझै अन्योल नै रहेको छ । घटनामा दर्जनै व्यक्तिहरु घाइते भएका छन्।

    प्रहरीले वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरेको छ ।

    उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले बताए । अरू ८ जनाको खोजी भइरहेको केसीले बताए ।

    प्रहरी स्रोतका अनुसार डिएसपी र सिडियो नै पूर्वगृहमन्त्री जनार्दन शर्माको दबाबमा परेको हुँदा यो घटनामा शुरुबाट नै लापरवाही देखिएको हो। जिल्लामा प्रहरी प्रमुख र सिडियोको सरुवा सधैंजसो जनार्दनको स्वार्थमा हुँदै आएको छ। वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले नै आशंका गरेका छन् ।

    घटनामा  संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको  नै आशंका गरेको हुँदा गृह मन्त्रालयको छानविन समितीले निस्पक्ष भएर काम गर्नुपर्ने देखिन्छ।

    राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री राम वहादुर थापाले दलित र गैरदलित युवतीबीचको घटना प्रकरणमा जनप्रतिनिधि वडाध्यक्ष नै संलग्न भएको विषय गम्भीर रहेको बताएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार