Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ‘हङकङको आन्तरिक विषयमा पश्चिमा देशहरुले अनावश्यक चासो राखे’

    ‘हङकङको आन्तरिक विषयमा पश्चिमा देशहरुले अनावश्यक चासो राखे’

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    हङकङ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले चीनद्वारा प्रस्तावित सुरक्षा कानुनको प्रतिरक्षा गरेकी छन्।

    उनले आफ्नो भूमिमा विदेशीको हस्तक्षेप असह्य भएको बताएकी छन् ।  उनले हङकङमा आतंकवाद रोक्न आवश्यक भएको वताउँदै आएकी छन् । कानुनमा ‘देशद्रोह, राज्यद्रोह, विद्रोह र राज्य विध्वंस’ माथि प्रतिबन्ध लगाइने व्यवस्था गरिएको छ ।



    तर लामले हङकङवासीको अधिकार र स्वतन्त्रता कटौती हुने कानुनमा कुनै व्यवस्था नरहेको दाबी गरेकी छन् ।



    कानुनको विरोध गर्दै आइतबार विश्वका १ सय ८६ जना वरिष्ठ राजनीतिज्ञहरूले संयुक्त वक्तव्य जारी गरेका थिए । एसिया, अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाका राजनीतिज्ञहरूले चीनले हङकङको स्वायत्तता, विधिको शासन र आधारभूत स्वतन्त्रतामाथि योजनाबद्ध रूपमा आक्रमण गरेको दाबी गरेका थिए ।

    विज्ञप्तिमा ४४ जना बेलायती सांसद र १७ जना अमेरिकी कंग्रेसका सदस्यले हस्ताक्षर गरेका छन् ।

    लामले प्रस्तावित काुननबारे जनस्तरबाट ‘सकारात्मक प्रतिक्रिया’ आइरहेको समेत दाबी गरेकी छन् । पश्चिमा देशले अनावश्यक रूपमा हङकङको आन्तरिक विषयमा चासो राखेको उनको भनाइ छ ।

    सम्मेलनका क्रममा उनले हङकङको स्वतन्त्रता र आधारभूत मान्यता कायम राख्न आफू कटिबद्ध भएको जनाइन् ।

    उक्त कानुनमाथि चिनियाँ कम्युनिस्ट पार्टीको वार्षिक अधिवेशनको अन्त्यतिर २८ मेमा मतदान हुने ठानिएको छ ।

    पछिल्लो समय हङकङमा चीनविरोधी प्रदर्शनहरू तीव्र हुँदै गएका छन् । लोकतन्त्र र कानुनी शासनको माग गर्दै लामो समयदेखि जारी आन्दोलन कोभिड–१९ को महामारीका कारण रोकिएको थियो । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार