Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रूकुम घटनालाई तोडमोड गर्ने प्रयास, पीडक पूर्वगृहमन्त्री शर्माको संरक्षणमा!

    रूकुम घटनालाई तोडमोड गर्ने प्रयास, पीडक पूर्वगृहमन्त्री शर्माको संरक्षणमा!

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    जाजरकोट ।  रुकुममा जेठ १० गते भएकाे घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको अन्तर्जातीय प्रेमका विषयकाे घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्।

    सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उलंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन्।



    त्यस्तै वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन्।



    तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पूरै गाउँ नै उर्लिएर आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो। तीनजना अझै बेपत्ता छन्।

    मंगलबार संघीय संसद्मा रुकुमपश्चिमबाट निर्वाचित जनार्दन शर्माले पनि यो घटनाबारे सोही आशयको धारणा राखेपछि घटनामा संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको आशंकामा थप बल पुगेको हो। रुकुम प्रहरीले नै अनुसन्धान गर्ने र मुघा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि आशंका बढेको हो।

    मृतक नवराज विकका बुवा मोहनलालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए। बयान दिन रुकुम जाँदा झन्झिटिलो हुने र उतैबाट अनुसन्धान तथा मुद्दा चलाए चलखेल हुनसक्ने उनको आशंका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार