Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु

    क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर – क्वारेन्टाइन व्यवस्थापनमा लागेका कञ्चनपुरका एक वडाअध्यक्षको गएराति मृत्यु भएको छ । कृष्णपुर नगरपालिका – ७ का वडाध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको छ ।

    स्थानीय राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष रानाको मंगलबार राति अचानक बेहोस भएका थिए ।



    बेहोस भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएलगत्तै चिकित्सकहरूले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।



    उनमा कोरोना संक्रमण भएको हो कि हैन भनेर पुष्टि गर्न स्वाब परीक्षणको तयारी भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार