Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दलित युवाको हत्याको बिरोधमा प्रदर्शन

    दलित युवाको हत्याको बिरोधमा प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 5.2K
    SHARES

    कालिकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा दलित युवाको हत्याको बिरोधमा प्रदर्शन भएको छ । लिगांंशैनी युथकलवले मंगलबार लकडाउनमा बजार सुनसान रहेका बेला युवाहरुले हातमा प्लेकार्ड लिएर घटनाका दोषीलाई कडा कारपवाही गरियोस् भनी विरोध गरेका हुन् ।

    दलितमाथि हुने विभेद अन्त्य गर, रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कानुनी कारबाही गर जस्ता नाराबाजीसहित विरोध प्रर्दशन गर्दै बजारमा विरोध प्रर्दशन पछि प्रतिमा चोकमा आयोजित विरोधसभामा लिंलासैनी युथ क्लव कालिकोटका अध्यक्ष हिक्मत मल्लले एक्काइसौं सताब्दीमा पनि दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको भन्दै सरकारले रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।



    उनले भने, ‘मुलुकमा संविधान बनेको छ । दलितका हक अधिकार कागजमा प्रसस्तै छन् । तर न्याय हराएजस्तो जगन्य अपराधका घटनामा कमी आएको छैन् ।’ उनले भने, ’अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म रु छुवाछुत र भेदभाव अन्त्य गारौँ भन्ने नारा नारामा मात्र किन सीमित रु भन्दै प्रश्न गरे ।



    देश र समाज परिर्वतन गर्न भनी दश वर्षे युद्धको उदघम स्थलको रुपमा रहेको रुकुममा यस्तो घटनाले अन्तराष्ट्रिय जगतमा पनि मुलुकको शीर निहुरिएको उनीहरुको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार