Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दलित युवकको हत्याको विषयमा संसदीय छानबिनको माग

    दलित युवकको हत्याको विषयमा संसदीय छानबिनको माग

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा दलित युवकको मृत्युको घटना बारे संसदीय छानबिन गर्न माग गरेको छ ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा भएकाे उक्त घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् ।



    उनले घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न माग गरे ।



    त्यस्तै घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न समेत उनले सरकारसँग माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार