Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • केरलामा एसएसएलसी परीक्षा सुरु

    केरलामा एसएसएलसी परीक्षा सुरु

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    भारत । भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ । त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्काे परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ ।

    भारतमा कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दो अवस्थामा देखिन्छन् । यसका कारण गएको दुई महिना भन्दा लामो समयदेखि त्यहाँ देशभरि नै लकडाउन गरिएको छ । हाल पनि यहाँ लकडाउन कायमै रहेको छ । तर पनि यो संक्रमणबाट बच्ने विभिन्न उपायहरु अवलम्बन गरेर परीक्षा सुरु गरिएको बताइएको छ ।



    केरला राज्यका सबै विद्यालयहरुका विद्यार्थीहरु आज सो परीक्षामा सहभागी भएका बताइएको छ । कोरोना भाइरसको महामारीबाट बाँच्ने विभिन्न विधिहरु अपनाएर सो परीक्षा सुरु गरिएको बताइएको छ ।



    बताइएअनुसार यहाँका विद्यार्थीलाई सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा दिन लगाइएको छ । उनीहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि पनि स्वास्थ्य जाँच गरिएको छ । उनीहरुको सामान्य तापक्रम जाँच गरेर परीक्षा केन्द्रमा प्रवेश दिइएको बताइएको छ । त्यस्तै यहाँको सिनियर सेकेन्डरी परीक्षाहरु पनि मे २७ बाट सुरु गरिने कार्यक्रम रहेको जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार