काठमाडौं। बाराका दुई सैनिकलाई कोरोना भाइरस संक्रमण भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा खटिएका दुई जनालाई संक्रमण पुष्टि भएको हो ।
सो क्वारेन्टाइनमा बस्दै आएका अन्य तीन जनामा पनि संक्रमण पुष्टि भएको बाराका प्रजिअ रुद्र पण्डितले बताए । उनीहरुलाई वीरगञ्ज अस्पताल लैजान लागिएको छ ।
बारामा इन्सपेक्टरसहितका तीन प्रहरीमा संक्रमण देखिएको थियो ।
Leave a Reply