Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि

    सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान भारतबाट आएका १२ जनामा कोरोना पुष्टि भएको हो ।

    यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २३ पुगेको छ।



    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २÷२ जना पुरुषमा कोरोना पुष्टि भएको कार्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    आज संक्रमित पुष्टि हृुनेहरुमा वीरेन्द्ररनगर नगरपालिका–१ का १६ वर्षीय किशोर, वडा नम्बर २ का ३२ वर्षीय महिलाला, ९ वर्षीय बालक, २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ का ४६ वर्षका पुरुष र वडा नम्बर ६ का २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

    त्यसैगरी भेरीगंगा नगरपालिका–८ का १६ र १७ वर्षीय पुरुष र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार