Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • युवती लिन गएकालाई खेदी खेदी हत्या गरे गाउँलेले, वडाध्यक्षसहित १२ पक्राउ

    युवती लिन गएकालाई खेदी खेदी हत्या गरे गाउँलेले, वडाध्यक्षसहित १२ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    जाजरकोट ।  युवतीलाई लिन गएका युवाहरु र गाउँलेबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको शब फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अझै चार जना बेपत्ता छन्।  उनीहरुलाइ स्थानियले खेदी खेदी मारेको पुष्टी भएको छ । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक १९ जना जना  लिएर गएका थिए ।



    सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शब फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।



    घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए ।

    भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घाइते छन् ।  समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको शब परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार