काठमाडौं। देशभर छुट्टाछुट्टै दुर्घटनामा परि दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ। केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार लकडाउनको बेला दुई दिनमा मात्र उक्त दुर्घटना भएका हुन।
सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ किप्चे बस्ने छबिलाल स्याङ्बोको छोरा ८ वर्षीय आयुष स्याङ्बोको भरुवा बन्दुक पड्किँदा आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने १२ वर्षीय बालकले आफ्नो घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी आयुषको घरमा लगि खेल्ने क्रममा अचनाक पड्किँदा आयुषको घट्नास्थलमै मृत्यु भएको हो ।
पाँचथर, देउमाई नगरपालिका-१ राकेस्थित सडकमा मे.१ ख १८६३ नम्बरको ट्रकको ठक्करबाट हाल वतन नखुलेका नविन बस्नेतको आइतबार दिउँसो मृत्यु भएको छ ।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ चौवन्नपुरमा ना.४ ख २६७४ नम्बरको ट्रकले बा.२ ज ५१९५ नम्बरको कारलाई सोमबार बिहान ठक्कर दिँदा कारमा सवार बर्दिया बासगढी नगरपालिका-४ बस्ने ७ वर्षीय जिरजन चौधरीको मृत्यु भएको छ ।
सप्तरी, अग्निसाइर कृष्णासावरण गाउँपालिका-१ जन्डोलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी १९ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका-५ स्थित सडकमा को.२ त २४५९ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय प्रविन राईको सोमबार बिहान मृत्यु भएको छ ।
मृत अवस्थामा फेला
काठमाडौं, कीर्तिपुर नगरपालिका-१० नयाँबजारस्थित मंगल माध्यामिक विद्यालयलको मूलगेट अगाडि पेटीमा धादिङ घर भएका ६० वर्षीय सूर्य बहादुर तामाङ आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
जाजरकोट, भेरी नगरपालिका-१२ खोदाखोलास्थित भेरी नदीको बिच बगरमा रुकुम (पश्चिम) चौरजहारी नगरपालिका-१ लामिछाने गाउँ बस्ने २० वर्षीय टिकाराम नेपाली आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
चट्याङ लागेर मृत्यु
मौलापुर नगरपालिका-८ सोनार्निया बस्ने ४५ वर्षीय रामाकान्त वैठाको चट्याङ लागेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ४० वर्षीय रामानारायण पटेलको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
करेन्ट लागेर मृत्यु
सिरहास्थित औरही गाउँपालिका-३ पिप्रा टोल बस्ने ७५ वर्षीय सुवेलाल यादवको करन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । पिप्राबाट किसनपुरतर्फ जाँदै गर्दा सोही स्थानमा चुँडिएर खसेको ११ हजार भोल्टको बिजुलीको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुरस्थित रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Leave a Reply