काठमाडौं । धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना (कोभिड–१९) संक्रमण देखिएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार क्वारैन्टाइनमा खटिएका दुई जना प्रहरी कर्मचारीमा कोरोना सक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज विहान १०ः४५बजे जारी विज्ञप्तिमा धनुषाका ३ जना संक्रमित देखिएको जनाएको थियो । जसमध्ये २ जना प्रहरी भएको खुलेको छ ।
संक्रमति प्रहरीलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डिआईजी सिंहले बताए ।
Leave a Reply