Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय सरकारले फिर्ता लिनु पर्छ'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय सरकारकाले तत्काल फिर्ता लिनु पर्ने बताएका छन्। उनले राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने पूर्वाग्रही काम सरकारद्वारा भएको समाजिक सञ्जाल मार्फत बताए।

थापाले समाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय अखण्डताको रक्षा गर्न देश एक ढिक्का हुनुपर्ने बेला भएको यस्तो निर्णयले राष्ट्रिय एकतालाई कमजोर पार्छ।’

इतिहास मेटाउने र राष्ट्रवादी शक्तिलाई विभाजित गर्ने निर्णय तत्काल फिर्ता गर्न पनि थापाले आग्रह गरेका छन्।

सरकारले आइतबार मात्रै पूर्वराजाको तस्बिर भएका नोट बजारमा नपठाउने निर्णय गरेपछि राष्ट्र बैंकले उक्त निर्णय बमाेजिम सबै वित्तिय संस्थाहरूलाइ त्यस्ता नाेट प्रचलनमा ल्याउन निर्देशन दिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077