Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • यी ५ नक्साले देखाउँछ लिम्पियाधुरा नेपालकै

    यी ५ नक्साले देखाउँछ लिम्पियाधुरा नेपालकै

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।

    भारतले लिम्पियाधुराको ३३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारीको सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर त्यसलाई काली नदीको मुहान भनिरहेको बेला पुराना नक्साहरुले नै लिम्पियाधुरा कालीको मुहान हो भन्ने पुष्टि गर्ने सरकारले जनाएको छ ।



    नेपाली भूभाग तिल्सीमा सैनिक क्याम्प राखेपछि भारतले सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर तलाउ बनाएको थियो ।



    कुमाउ प्रदेशको नक्सा, कुमाउ र गढवालको नक्सा, हिन्दुस्तान पश्चिम प्रदेशको नक्सा, कुमाउ राज्यको नक्सा १८९४, कुमाउ र गढवालको नक्सा १८५९ मा जारी भएको भारतीय नक्साले लिम्पियाधुरा नेपालमै भएको पुष्टि गर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार