Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काेराेनाकाे कहर: प्रहरी कार्यालय बैतडीमा पाँच प्रहरीको आरडीटी ‘पोजेटिभ’

    काेराेनाकाे कहर: प्रहरी कार्यालय बैतडीमा पाँच प्रहरीको आरडीटी ‘पोजेटिभ’

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    डडेल्धुरा । सुदूरपश्चिम क्षेत्रमा भारतबाट नेपालीकाे संख्या भित्रिएसँगै काेराेना भाइरसकाे त्रास फैलिएकाे छ। साेही क्रममा  जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडीटी ‘पोजेटिभ’ देखिएको छ।

    स्वास्थ्य कार्यालय बैतडीका अनुसार आइतबार गरिएको २५ जनाको परीक्षणमा पाँच प्रहरीमा आरडीटी ‘पोजेटिभ’ देखिएको हाे।



    आरडीटी ‘पोजेटिभ’ आउनेमा २ हवल्दार र ३ जवान रहेको स्वास्थ्य कार्यालय  प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आरडीटी पोजेटिभ देखिएका मध्ये १ महिला हवल्दार समेत रहको बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।



    शिवनाथ गाउँपालिका घर भएका २२ बर्षीय युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला शुक्रवार कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल गरेर प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार