Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउनमै खुल्याे नर्सिङ लाइसेन्स परीक्षा, तनावमा विद्यार्थी

    लकडाउनमै खुल्याे नर्सिङ लाइसेन्स परीक्षा, तनावमा विद्यार्थी

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । लकडाउनमै नेपाल नर्सिङ परिषदले नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम खुलाएको छ । लकडाउनका कारण विद्यार्थीहरु गाउँघर फर्किएको बेला लाइसेन्सकाे परीक्षा दिन फारम खुलेपछि विद्यार्थीहरू तनावमा परेका छन्।

    अनलाइन फारम भर्ने भनिए पनि सबै विद्यार्थी इन्टरनेट पहुँचमा नरहेको र धेरै विद्यार्थीले ट्रान्सक्रिप्ट प्रमाणपत्र लगायत आवश्यक कागजातसमेत संकलन गर्न नसक्ने भएकाले अहिले लाइसेन्स परीक्षाको फारम खुलाउनु अव्यवहारिक रहेको विद्यार्थीहरुले बताएका छन् ।



    असार २० गते लाइसेन्स परीक्षाको मिति तोकेर असार १ गतेभित्र फारम भर्न परिषदले सूचना प्रकाशित गरेको छ । काउन्सिलले यसअघि गत फागुनमा लिएको २४ औं लाइसेन्स परीक्षामा पास भएका नर्सहरुलाई दर्ता प्रमाणपत्र दिइसकेको छैन । तर लकडाउनकै बीचमा २५ औं लाइसेन्स परीक्षाको सूचना प्रकाशित गरेपछि प्रमाणपत्र तह र स्नातक पास गरेर बसेका विद्यार्थी तनावमा परेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार