Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संविधान संशोधन असफल पार्न भारतीय गुप्तचर संस्थाको चलखेल

    संविधान संशोधन असफल पार्न भारतीय गुप्तचर संस्थाको चलखेल

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 8.3K
    SHARES

    काठमाडौं । सरकारले लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा  नक्सा सार्वजनिक गरेपछि भारतले अस्विकार गरेको छ।

    यही बेला  सरकारले गर्न खोजेको संविधान संशोधन असफल पार्ने रणनीतिमा भारतीय दूताबास लागेको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ का अधिकारी लिम्पियाधुरासहितको नक्सा समेटिएपछि अब हुन लागेको संविधान संशोधन हुन नदिने रणनीतिमा लागेका छन ।



    त्यसका लागि दूताबासले जनता समाजवादी दल (तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) लाई संविधान संशोधनको पुरानो मुद्दा ब्यूँताउनुपर्ने माग गर्न लगाएको छ ।



    जसपाले लिम्पियाधुरासहितको नक्सा समेटेर संविधान संशोधन गर्दा प्याकेजमा गर्नुपर्ने माग अगाडि सारेको छ । मधेशवादी दलले विगतमा राखेको संविधान संशोधनको बिषय जनताले चुनावबाटै अस्वीकृत गरिसकेका छन् । तर त्यही जनताबाट अस्वीकृत संविधान संशोधनको मुद्दालाई अगाडि सारेर नेपाली भूभाग समेटिएको नक्सा र निशान छापका लागि गर्न लागिएको संविधान संशोधन असफल पार्ने खेलमा भारतीय दूताबासको इशारामा जसपाका नेता लागेका छन् ।

    जेठ १३ मा लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप फेर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत हुँदैछ । त्यो प्रस्ताव दुई तिहाईले पारित हुनुपर्छ । त्यो प्रस्ताव पारित हुन नदिने चलखेलमा भारतीय दूताबासले सम्पूर्ण शक्ति परिचालन गरेको छ ।
    जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शरतसिंह भण्डारी, राजेन्द्र महतो र महेन्द्र राय यादवहरुले  कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकन्ठमा भेटेर संविधान संशोधनमा विनासर्त सरकारलाई साथ नदिन आग्रह गरेका छन् ।

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतीय दूताबासकै इच्छामा पार्टीको नीति प्रशिक्षण विभागबाट नक्सा जारी गर्नुलाई नाटक मन्चनको संज्ञा दिंदै सरकारबिरुद्ध विज्ञप्ति निकालेका छन् । र, चीनसँग पनि वार्ता गर्नुपर्ने बेतुकको कुरा उठाएका छन् ।

    संविधान संशोधन असफल पार्नका लागि भारतले जसपा र कांग्रेसका नेताहरुसँग भेटघाटलाई तीव्र पारेको छ ।

    मन्त्री भइसकेकी र सांसदको तलव सुविधा नेपालको करबाट लिएर लिम्पियाधुरा नेपालको भूभाग नभएको भनेर बोल्दैआएकी छन् । सो दिन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बोलाइएका थिए । उनीसँग पनि राजदूताबासले संविधान संशोधन असफल बनाउनेबारे छलफल गरेको थियो ।

    शुक्रबार जसपाका नेता महेन्द्र राय यादव र नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई भेटेका थिए । मधेशवादीले अघिल्लो संसदमा दर्ता गरेको संविधान संशोधनका पक्षमा नेकपा नआउने भएकाले दूताबास जसरी पनि प्याकेजमा गर्नुपर्ने पक्षमा नेपाली कांग्रेसलाई ल्याउन सक्रिय रुपमा लागेको छ ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्ने ऐतिहासिक प्रमाण हुँदाहुँदै भारतले जबर्जस्ती हडपेर मानसरोबर जाने सडक निर्माण गरी उदघाटन गर्यो । भारतले उक्त विवादित भूमिमा एकतर्फी नक्सा जारी गर्नेदेखि सडक निर्माण गरी कोरोना महामारीका बीचमा उदघाटनसम्म गरेपछि नेपाल दबाबमा पर्यो । र, नेपाल सरकारले पनि लिम्पियाधुरासम्मको भूमिको नक्सा जारी गरेको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार