Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनाबाट विश्वभर ज्यान गुमाउने नेपालीको संख्या कति?

    कोरोनाबाट विश्वभर ज्यान गुमाउने नेपालीको संख्या कति?

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

    अहिलेसम्म बेलायतमा ६५ जना नेपालीको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ तथा अमेरिकामा १६ जनाको मृत्यु भएको छ ।यस्तै साउदी अरबमा ७, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।



    शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।



    मृतक ५० देखि ९० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५३ प्रतिशत रहेको एनआरएनएले जनाएको छ । नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार