Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कोरोना अपडेट : विश्वभर ३ लाख ४३ हजारको मृत्यु, ५४ लाख संक्रमित

    कोरोना अपडेट : विश्वभर ३ लाख ४३ हजारको मृत्यु, ५४ लाख संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं- बितेको २४ घण्टामा काेराेना भाइरस ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको छ । २८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको अवस्था गम्भीर छ ।

    आइतबार बिहान साढे ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ । १८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।



    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ५५ हजार १७६ पुगेको छ । त्यसमध्ये ५ लाख ५४ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।



    यस्तै एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३३६ जना संक्रमित भएकोमा ५ लाख ४६ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ३० हजार ५९० जनाको मृत्यु भएको छ । ६ लाख ४ हजार ९०० जना संक्रमित भएकोमा २ लाख ३० हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ३ हजार २६८ जनाको ज्यान गएको छ भने १ लाख ९ हजार ४७० जना संक्रमित छन् । संक्रमितमध्ये ४४ हजार १७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७१९ जना संक्रमित भएकोमा ८ हजार ५० जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८२८ जनामध्ये ४ लाख ४६ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३ हजार २१० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार