Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अनधिकृत रूपमा नक्सा छापेर बेचे कारबाही!

    अनधिकृत रूपमा नक्सा छापेर बेचे कारबाही!

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । नापी विभागले अनधिकृत रूपमा लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाइ गरी बिक्री वितरण गरे कारबाही हुने जनाएको छ।

    विभागले जारी गरेको विज्ञप्तिमा स्रोत नखुलेको, नक्साको आधारभूत विषय (हेडिङ, स्केल, लिजेन्ड, टेस्क) प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमासमेत नमिलेका नक्सा सामाजिक सञ्जाल एवं विभिन्न सञ्चार माध्यममा प्रयोग भई जनमानसमा भ्रम सिर्जना भएको जनाएको छ।



    विभागले यसप्रकारका नक्सा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रयोग नगर्न निर्देशन गरेको छ। विभागको वेबसाइटमा राखिएको नक्सा मात्र सार्वजनिक गर्न अपिल गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार