Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, सामान आइपुग्न ८ दिन लाग्ने

    सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, सामान आइपुग्न ८ दिन लाग्ने

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    बेइजिङ — चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।

    चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्‍याउनेछ । यसमा ८ दिन लाग्नेछ ।



    पल्लो सान्सी प्रान्तले ‘छाङआन’ कार्गो रेलपछि दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलोपटक हो । चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ । चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरिएको हो । अधिकारीहरूका अनुसार यो इन्टरमोडल प्रणालीमा चल्छ । परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा यसबाट समयावधि छोटो हुन्छ भने लजिस्टिक खर्च पनि घट्छ ।



    सिआन र अन्य क्षेत्रबीच सिधा जोड्ने कार्गो रेल सञ्चालन भइरहेका बेला सिआनदेखि काठमाडौंसम्म सुरु भएको कार्गो रेलले सिआन र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित भएको छ । यसबाट चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभको गतिविधिले मूर्तरूप लिने भएको छ । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार