काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फ्रान्कफर्टलाई पराजित गरेको छ।
म्युनिखले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हाे। घरेलु मैदानमा वायर्नलाई जीत दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक/एक गोल गरे ।
कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जीत हो । जीतसँगै वायर्न ४ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ ।
Leave a Reply