Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • रासायनिक मलमा कालाेबजारी गर्ने पसल ‘सिल’

    रासायनिक मलमा कालाेबजारी गर्ने पसल ‘सिल’

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 4K
    SHARES

    भोजपुर । अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मलकाे पसल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो ।

    प्रतिबोरा रु ७८५ मूल्य पर्ने युरिया मल रु दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सिल गरेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिए पनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । अनधिकृत खरिद गरेर महँंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।



    प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मलमात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका प्रमुख भलबहादुर राईले बताए । वास्तविक मूल्यभन्दा रु एक हजार ४०० भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।



    हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफूले प्रतिबोरा रु एक हजार ८०० ले खरिद गरेर राखेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार