Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतबाट लुकेर नेपाल आउने रोकिएनन् , पक्राउ गर्दै क्वारेन्टाईनमा राखिंदै

    भारतबाट लुकेर नेपाल आउने रोकिएनन् , पक्राउ गर्दै क्वारेन्टाईनमा राखिंदै

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 3K
    SHARES

    चितवन। माडी नगरपालिका अन्र्तगत नेपाल भारत सीमाबाट लकडाउनमा नेपाल प्रवेश गर्ने ९ जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय¸चितवनले दिएको जानकारी अनुसार नाका सिल गरेको अवस्थामा लुकीछिपी चितवनमा आएका ९ जनालाई पक्राउ गरिएको हो ।



    गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले सशस्त्र प्रहरी बलले पैदल गस्ती र सुरक्षा फौज थप गरि कडाइसगैँ सीमा लक गरेको अवस्थामा माडीको भालु खोलाबाट पक्राउ उनीहरुलाई गरिएको बताए ।



    पक्राउ परेका ९ जना भारतको मुम्बईबाट आएको र हाल उनीहरुलाई माडी वडा नम्बर ९ बगही आधारभुत विद्यालय गोविन्दवस्तीको क्वारेन्टाईनमा लागि राखिएको ब्रम्हचार्यले बताए ।

    लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि  सीमामा थप कडाइ गरिएको छ । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ ।

    बेलहिया नाकाबाट भित्रिए १२ सय नेपाली
    आजसम्म ३७ जना संक्रमित रहेको रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् ।

    स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए ।

    भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया नाकाबाट नेपाल भित्र्याइएको हो ।

    शुक्रबार साँझ र राति गरी एघार सय ८५ जना नेपालीलाई रुपन्देही भित्र्याएको बताउँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले चार सय ३० जना रुपन्देहीकै पालिकाका क्वारेन्टाइनमा बसेको र बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लगेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार