Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काेराेना संक्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आए

    काेराेना संक्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आए

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    चितवन । चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए । भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु दम्पती हुन् । उनीहरुसँगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण देखिएको छैन ।

    उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए। एम्बुलेन्स परिवर्तन गरी उनीहरु यहाँ आएका थिए । उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए। सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको छ । सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।



    अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ । सङ्क्रमित बिहीबार आफै परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए । उनीहरुमा सङ्क्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।



    यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ । अहिले सो अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । दुई थपिएसँगै चितवनमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि सङ्क्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार