Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ‘मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिने’

    ‘मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिने’

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले काेराेना भाइरसका कारण निम्न स्तरकाे जतालाइ समस्या परेकाेले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएकी छन्।

    कोरोनाभाइरसका कारण मानिसहरुलाई घर बाहिर हिडडुल गर्न प्रतिवन्ध लगाइएकाले धेरै क्षेत्र नराम्ररी प्रभावित भएपछि देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदुरहरुको हितका लागि हप्तामा चार दिन काम गर्न दिनु आवश्यक भएको उनको भनाइ छ।



    सामाजिक सञ्जाल फेसबुक मार्फत् भएको प्रत्यक्ष प्रसारणका क्रममा उनले कामका लागि लचकता अपनाउनु पर्नेमा जोड दिएकी छन्। कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने उच्च स्वास्थ्य सतर्कताका बारेमा लकडाउनका बेला आम नागरिक शिक्षित भइसकेको पनि उनको भनाइ छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार