Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्काे निर्णय

    संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्काे निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

    लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो।



    सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।



    संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नु पर्ने छ ।यो संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमत पारित हुनुपर्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार