चितवन । भरतपुर महानगर वडा नम्बर ६ गितानगर केशरबाघ निवासी दुई जनामा कोरोना पृष्टि भएको छ । त्यस्तै भरतपुर महानगर वडा नम्बर ६ वस्ने बर्ष ७३ का महिला र बर्ष ७४ का पुरुष तथा विनय त्रिवेणी गाउँपालिका वडा न ६ नवलपरासी वस्ने वर्ष ४५ का पुरुषको पोजेटिभ पुष्टि भएको छ ।
७३ वर्षका महिला र ७४ वर्षका पुरुष गत जेष्ठ ३ गते भारतबाट अन्य रोगको उपचार गरि नेपाल फर्किएका थिए भने ४५ वर्षका पुरुष जेष्ठ १ गते भारतको गुजरातवाट आएका थिए ।
उनीहरुको हाल कोरोना विशेष अस्थाई अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।
चितवनमा नयाँ संक्रमित संख्या थपिएसंगै कुल संक्रमितको संख्या ५ पुगेको छ । चितवनका संक्रमित मध्य यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने एक जना काठमाडौंमै उपचारत छन् ।
Leave a Reply