काठमाडौं । नेपालमा थप ३० जनामा काेराेना संक्रमणा पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ४ सय ८७ पुगेकाे छ ।
कोरोना संक्रमण पुष्टी भएकाहरुमा नवलपरासी(बर्दघाट सुस्तापूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केशरबाघ निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला छन् ।
नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ का ३३ र ३५ बर्षीय पुरुष र १५ बर्षीया महिलामा संक्रमण पुष्टी भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ बर्षीय पुरुष र ८ बर्षीया बालिकामा संक्रमण पुष्टी भएको छ ।
सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८ र ३९ बर्षीय पुरुषहरु र १८ बर्षीय बर्षीया महिला छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
Leave a Reply