Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमाको बिषयमा एक शब्द नबोली बाबुरामले भने – भारतलाई चिढ्याउने गतिविधि गर्नु हुँदैन

    सीमाको बिषयमा एक शब्द नबोली बाबुरामले भने – भारतलाई चिढ्याउने गतिविधि गर्नु हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 4K
    SHARES

    काठमाडौं। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले भारतलाई चिढ्याउने गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

    नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेपछि दुई देशका बीचमा बहस चलिरहेका बेला भट्टराईले सरकारको गतिविधि ठीक नभएको वताएका हुन ।



    भट्टराईले कोरोना पछिको नेपालको अर्थतन्त्र सुधार गरेर लैजान भारतसँगको सम्बन्ध सुधार गरेर लैजानु पर्नेमा जोड दिएका छन् ।



    नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाएर लगेको खण्डमा लगानी समेत भित्रिने दाबी गरे ।

    भट्टराईलेभारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको तर्क गरेका छन् ।भारतले नेपालको सीमा मिचेको बिषयमा भने उनले एक शब्द पनि खर्चेनन्न ।

    ‘पछिल्लो समयमा सरकारका अभिव्यक्ति चित्त बुझ्दा छैन । अब सरकारले भारतसँग र चीनसँगको सम्बन्धलाई पनि समान रुपमा लैजान सक्यो भने विदेशी लगानी भित्रन सक्छ,’ भट्टराईले भने ।

    उनले अहिले नेपाल न्यारोनिजमतिर जान खोजेको भन्दै देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँधुरो र संक्रिण चिन्ताले तत्काल समस्याको समाधान खोज्न नसकिने बताए ।

    केही समय यताका हाम्रा गतिविधि, सरकारको नेतृत्व गरिरहेको व्यक्तिहरुको कृयाकलापले त्यो अवसरलाई झन गुमाउने र त्रासदी थप्ने सम्भावना संभावना आफुले देखेको भट्टराईको भनाइ थियो।

    सरकारले भारतलाई चिढ्याउने गतिविधि गरिरहेको बाबुरामले वताइरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरु मिनेन्द्र रिजाल, गगन थापालगायतले भने नेपालको मिचिएको भुभागलाई समेटेर नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार