Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरीकाे खाेजी सूचीमा रहेका मस्ट वान्टेड कृष पक्राउ

    प्रहरीकाे खाेजी सूचीमा रहेका मस्ट वान्टेड कृष पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    विराटनगर । प्रहरीकाे खाेजी सूचीमा रहेका मस्ट वान्टेड कृष पक्राउ परेका छन्। नेपालको सुनसरी, सप्तरी र भारतको बिहारमा प्रहरीको खोजी सूचीमा रहेका कृष भनिने कृष्णकुमार यादव पक्राउ परेका हुन ।

    बीआर ५० पी १२४१ को स्कोरपियोसहित पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली र केही लागूऔषध बरामद गरेको छ ।



    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले सप्तरी कंकालिनी नगरपालिका १४ का ३६ वर्षका यादवलाई मगलबार साँझ सुनसरीको भोक्राहबाट पक्राउ गरिएकाे बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार