Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भवन नै निर्माण नगरी भुक्तानी, प्रमुखसहित पाँचविरुद्ध मुद्दा दायर

    भवन नै निर्माण नगरी भुक्तानी, प्रमुखसहित पाँचविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी मुखसहित उनीहरूविरुद्ध मुद्दा दायर गरेकाे हाे।

    अख्तियारले बिहीबार विशेष अदालतमा उनीहरुविरुद्ध जनही १ लाख ४५ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। वदनियतपूर्वक आफूले गरेको गल्तीको ढाकछोप गर्न गैरकानूनी तरिकाले कागजपत्रहरू सच्याउने, केरमेट गर्ने वा हेरफेर गर्ने गरेकोले भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।



    वाल निर्माणका लागि तीनवटा कम्पनीले केरमेट गरेर टेन्डर हालेको अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे छ। अख्तियारले उनीसँगै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङको तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र तत्कालीन इन्जिनियर सुदिप खड्काविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। कम्पाउण्डवाल निर्माण कार्यको फिल्ड निरीक्षण गरी वास्तविक लागत अनुमान तयार नगर्ने र फिल्डमा नभएको कार्य समेत नापी किताबमा चढाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।



    उनीहरूलाई पनि १ लाख ४५ हजार बिगो, जरिवाना र कैद हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ। त्यस्तै निर्माणको ठेक्का पाएको शुभकामना निर्माण सेवा कम्पनीका सरिता सवेदी र रघुनाथ शर्माविरुद्ध पनि १ लाख ४५ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

    त्यस्तै काम सम्पन्न नभइकन भुक्तानी दिएको आरोप पनि अख्तियारले लगाएको छ। भुक्तानी दिएको २० महिनापछि पुनः निर्माणको प्रयास गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनको यो कार्यले राज्यलाई १ लाख ४५ हजार नोक्सान भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार