काठमाडाैँ । थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी अाज ९ जना संक्रमित थपिएका हुन्। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।
यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।
Leave a Reply