Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बलात्कृत महिलाकाे सुरक्षामा खटिएका प्रहरी जवानलाई काेराेना संक्रमण

    बलात्कृत महिलाकाे सुरक्षामा खटिएका प्रहरी जवानलाई काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    धनकुटा । धनुकटामा एक बलात्कत महिलाकाे सुरक्षामा खटिएका ३४ वर्षीय प्रहरीका जवानलाई काेराेना संक्रमण  पुष्टि भएकाे छ ।

    स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक जना व्यक्तिमा संक्रमण पाइएको पुष्टि गरेका थिए ।



    जिल्ला प्रशासन कार्यालय, धनकुटाका अधिकृत जयराम श्रेष्ठले संक्रमित प्रहरीलाई कोभिड अस्पताल विराटनगर पठाइसकिएको बताए । उनका अनुसार, संक्रमित प्रहरी अस्पतालमा उपचाररत एक जना बलात्कृत बालिकाको सुरक्षामा खटिएका थिए । पीडितको पनि कोरोना भाइरस जाँच्न पीसीआर परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।



    जिल्ला अस्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ । उनीसँगै खटिएका अर्का एक जना प्रहरीलाई पनि संक्रमण पुष्टि भइसकेको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार