Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कोरोना संक्रमितको तेस्रो मृत्युपछि अस्पताल र पोलिक्लिनिक शील

    कोरोना संक्रमितको तेस्रो मृत्युपछि अस्पताल र पोलिक्लिनिक शील

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    मृत्युपछि रुपन्देहीस्थित क्रिमसन अस्पताल र अर्घाखाचीको छाया पोलिक्लिनिक शील गरिएका छन्। उनलाई कोरोना संक्रमण भएको गत सोमबार पुष्टि भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।



    उनको गत शुक्रबार नै स्बाव संकलन गरेर भैरवाह पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार उनलाई एक साता अघिदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । उनी पेशाले शिक्षक भएको खुलेको छ ।



    गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन्। जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए।

    त्यहाँ निको नभएपछि उनी अर्घाखाचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी बुटवल आएका थिए।

    उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ। उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    कोरोना संक्रमणपछि क्रिमसन अस्पताल र अर्घाखाचीको छाया पोलिक्लिनिक शील गरिएका छन्।

    मङ्गलबार र बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएको थियो । तर पछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार