Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतसँग सीमा जोडिएको औरैयामा कसले छाडेर भाग्यो १० लाख रुपैयाँ ?

    भारतसँग सीमा जोडिएको औरैयामा कसले छाडेर भाग्यो १० लाख रुपैयाँ ?

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    रौतहट । प्रहरीले रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा ठूलो परिमाणको रकम बरामद गरेको छ।

    डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।



    ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले उक्त रकम छाडेर भागेको देखेको स्थानिय बासिन्दाको भनाइ छ ।  प्रहरीले पछयाउन थालेपछि  उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।



    बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको प्रहरी खोजी थालेको छ ।

    भारतसँग सीमा जोडिएको रौतहटको औरैयामा ठूलो परिमाणको रकम बरामद हुनुले आशंका पैदा गरेको छ ।उक्त क्षेत्रमा हुण्डी कारोबार मौलाएको समेत गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार