Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतले ६ दशकदेखि सीमाको ‘कृत्रिम विस्तार’ गर्दै आयाे: कमल थापा

    भारतले ६ दशकदेखि सीमाको ‘कृत्रिम विस्तार’ गर्दै आयाे: कमल थापा

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै आएको बताएका छन्।
    बिहीबार बिहान ट्वीटरमार्फत सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै थापाले चेतावनी दिएका छन्।

    उनले भारतको दवावबाट नेपाल नझुक्ने धारणा समते समाजिक सञ्राजा मार्फत राखे। थापाले अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै विरोध जनाएका छन्।



    ‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने,बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो। ’, थापाले ट्वीटमा लेखेका छन, ‘नेपाल वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन।’लामो विवादपछि सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बुधबार सार्वजनिक गरेको छ। नक्सा प्रकाशन गर्न र प्रचलनमा ल्याउन नेपाल केपी ओली नेतृत्व मन्त्रिपरिषद्ले जेठ ४ मा निर्णय लिएको हो। मन्त्रिपरिषद्ले नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सा स्वीकृत गरी लागू गर्दै सबै स्थानमा प्रयोगमा ल्याउने निर्णय लिएको थियो। तर भारत सरकारले लगत्तै उक्त नक्सा सार्वजनिक भएपछि अस्वीकार्य भन्दै टिप्पणी गरेको छ।



    नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा थापाबाट यस्तो टिप्पणी आएको हो। थापाले यस अगाडि नै भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउनुपर्ने धारणा राखेका थिए। लिपुलेकमा नेपालीभूमी अतिक्रमण गरेर भारतले बाटो बनाएकोप्रति विरोध जनाउँदै थापाले यस्तो बताएका हुन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार