Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कोरोना अपडेट : विश्वभर ३ लाख २९ हजारको मृत्यु, ५० लाख ७९ हजार संक्रमित

    कोरोना अपडेट : विश्वभर ३ लाख २९ हजारको मृत्यु, ५० लाख ७९ हजार संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।

    २७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ । विहिबार विहानसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६५ हजार ७९८ जनाको मृत्यु भएको छ ।



    १८ लाख ३० हजार ६६७ जना संक्रमित भएकोमा ८ लाख १२ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७ हजार ७९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ६१ हजार ३०७ पुगेको छ ।



    यस्तै एसियाली मुलुकहरुमा २५ हजार ८५० जनाको मृत्यु भएको छ । ८ लाख ६३ हजार ४४० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २६ हजार ५९० जनाको मृत्यु भएको छ । ५ लाख १८ हजार ३१० जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार १० जनाको ज्यान गएको छ भने ९६ हजार ७६४ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८६ जना संक्रमित भएका छन् ।

    कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९१८ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार २५२ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् ।२० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार