Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मन्त्री पोखरेलले भारतलाई लक्षित गर्दै भने- ‘नेपालीहरु अपमान सहँदैनन् !’

    मन्त्री पोखरेलले भारतलाई लक्षित गर्दै भने- ‘नेपालीहरु अपमान सहँदैनन् !’

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सीमाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै चेतावनी दिएका छन् ।

    भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला उनले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने अभिव्यक्ति समाजिक सञ्जाल मार्फत दिएका छन् ।



    उनले ट्वीटरमा लेखेका छन् : ‘हामी कसैमाथि असमानरअपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउनरअपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !’



    मन्त्री पोखरेलले भारतबारे ट्वीटमा केही लेखेका भने छैनन् । तर उनको टिप्पणी भारत सरकारलाई नै लक्षित देखिन्छ । नेपालको पश्चिमी सिमानामा भारतसँग विवाद चलिरहँदा मन्त्री पोखरेल केही महिनाअघि लिपुलेक अवलोकनका लागि त्यहाँ पनि पुगेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार