Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आज हिमपातसहित वर्षाको सम्भावना

    आज हिमपातसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, मध्यम वर्षादेखि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । 

    २४ घण्टामा पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले खोलानालामा जलप्रवाहसमेत बढ्ने भएकाले आवश्यक  सतर्कता अपनाउन मौसमविद्ले अनुराेध गरेका छन् । 



    मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेको र कमजोर हुने क्रममा रहेको छ । हाल देशमा यो प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले मौसममा सधुार आउन नसकेको हो ।  

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार