Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारत र बंगालदेशमा अंपुन चक्रवातले १५ जनाको मृत्यु

    भारत र बंगालदेशमा अंपुन चक्रवातले १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण भारत र बंगालदेशमा कम्तिमा १५ जनाको मृत्यु भएको बीबीसी जनाएकाे छ । चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो ।

    ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ/ठाउँमा घर नै भत्किएको जनाइएको छ । चक्रवातको प्रभावले भारत र बंगालदेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले कायम गरिएका प्रतिबन्धले राहत वितरणमा पनि समस्या भएको छ ।



    भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको
    सारेकाे थियाे। पारादिपमा बुधबार बिहान आँधीको गति १०२ किलोमिटर प्रतिघण्टा देखिएको पनि उनले बताए। भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढेकाे हाे।



    सन् १९९९ पछि बंगालको खाडीमा बनेको सबैभन्दा ठूलो भनिएको उक्त चक्रवातको असर अब भने क्रमिक रूपमा घट्दै जाने बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार