Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतद्वारा नेपालको नयाँ नक्सालाई ‘कृत्रिम विस्तार’ को संज्ञा

    भारतद्वारा नेपालको नयाँ नक्सालाई ‘कृत्रिम विस्तार’ को संज्ञा

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालले आज जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सालाई भारतले विज्ञप्ती जारी गर्दै मान्य नहुने वताएको छ  ।

    भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताएका थिए ।



    नेपालले औपचारिक रुपमा बुधबार नक्सा सार्वजनिक गरेसँगै भारतले प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले  विज्ञप्ती जारी गर्दै भनेका छन् ,’नेपाल सरकारले आज जारी गरेको अद्यावधिक आधिकारिक नक्सामा भारतको भूमि पनि समावेश गरेको छ । यो एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो।’



    भारतले त्यसलाई  स्विकार नगर्ने पनि जनाएको छ । ’नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित कार्टोग्राफिक दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं। हामी आशा गर्दछौं कि नेपाली नेतृत्वले सीमा क्षेत्रका समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।’

    विज्ञप्तीमा भनिएको छ  ।  नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने श्रीवास्तवले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार