बीबीसी । भारतमा आगामी सोमबारबाट आन्तरिक उडानहरु सुचारु हुने भएका छन् ।
केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले आगामी सोमबारबाट घरेलु विमान सेवाहरु क्रमबद्ध रुपले सुरू हुने बताएका हुन् ।
उनले ट्विटमार्फत् सम्पूर्ण विमानस्थल र विमान सेवाहरुलाई आन्तरिक उडान सुरु गर्ने बारे सूचित गरिन लागिएको पनि बताए ।
आन्तरिक उडानका बारेमा मिनिस्ट्री अफ सिविल एभिएसन (नागर विमान मन्त्रालय) ले छुट्टै निर्देशन जारी गरिरहेको जनाएको छ ।
Leave a Reply