गुल्मीका काेराेना संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको स्पष्टोक्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरुमा क्रिमसन अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको मृत्यु भएको समाचार आएपछि अस्पतालले मृत्यु नभएको जनाएको छ ।
अस्पतालले मध्यान्न १२ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै विरामीको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।
अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको छ ।
अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण …