Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गुल्मीका काेराेना संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको स्पष्टोक्ति

    गुल्मीका काेराेना संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको स्पष्टोक्ति

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरुमा क्रिमसन अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको मृत्यु भएको समाचार आएपछि अस्पतालले मृत्यु नभएको जनाएको छ ।

    अस्पतालले मध्यान्न १२ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै विरामीको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।



    अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको छ ।



    अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ–‘विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं ।’

    अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार