काठमाडौं । देशरभर जारी लकडाउनको मौका छोपेर प्रेस कार्डको दुरुपयोग गदै चोरी गर्ने समूहका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १४ घर भई काठमाडौं धुम्बाराही बस्ने आश्रय रिजाल भन्ने हिमाल रसाइली र बारा जिल्ला फुलबारी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं ओमबहाल बस्ने २८ बर्षीय अलि आलम मिया रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी गौशाला बृत्तबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हाे ।
प्रहरीले उनीहरुको साथबाट एप्पल ब्राण्डको एक थान ल्यापटप, सोही कम्पनीको आइप्याड दुई थान, विभिन्न ब्राण्डका मोबाइल ६ वटा, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, क्याननको क्यामरा, बा २७ प ९४९० नम्बरको एभेन्चर मोटरसाइकल र एपीवान टेलिभिजनको प्रेस कार्ड बरामद गरेको छ ।
Leave a Reply