Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपालको नयाँ नक्सा प्रमाणीकरण, सार्वजनिक गर्ने तयारी

    नेपालको नयाँ नक्सा प्रमाणीकरण, सार्वजनिक गर्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण भएकाे छ। मुख्य सचिव लोकदर्शन रेग्मीले नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका हुन् ।

    सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा रेग्मीले प्रमाणीकरण गरेसँगै आजै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ।



    कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।



    नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्गकिलोमिटर थप भएको छ । उक्त भू-भागसँगै नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार