यसअघि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुल्मीका ४१ वर्षीय शिक्षकको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने समाचार प्रकाशित गरिएको थियो ।
तर, अस्पतालले नै मध्यान्न १२ बजे एक विज्ञप्ति जारी गरी भेन्टिलेटरको सपोर्टमा उपचार भइरुहेको र विमारीको अवस्था गम्भिर रहेको जानकारी गराएको हुँदा उक्त समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ ।
यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । अनलाइन नेपाल
गुल्मीका काेराेना संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको स्पष्टोक्ति
Leave a Reply