काठमाडौं । संयुक्त अरब ईमिरेट्स (युएई) मा लकडाउनका बेला अत्यावश्यक काममा बाहेक बाहिर निस्किए ३ हजार दिराम जरिवाना हुने नयाँ नियम लागु भएको छ । ।
युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले राष्ट्रिय निर्मलिकरण अभियानको समयतालिका परिवर्तन गर्दै आज (बुधबार) बाट बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवातजावतमा कडाई गरेको छ।
यसअघि बेलुका १० बजे देखि बिहान ६ बजेसम्म कडाई गरिएको थियो।
सपिङ सेन्टर तथा मलहरुलाई बिहान ९ बजेबाट बेलुकी ७ बजेसम्म मात्रै खुल्ने अनुमती दिईएको छ। तर, १२ वर्ष मुनिका बच्चा , ६० बर्ष माथिका वृद्ध र गर्भवतीलाई भने मलमा जान अनुमति छैन।
मास्कको प्रयोग गर्दा नाक र मुख राम्ररी ढाक्नुपर्ने छ। त्यसो नगरेको पाईए १ हजार दिराम जरिवाना लाग्नेछ।
के गरे कति जरिवाना ?
१. भेला गरेर पार्टी आयोजना गरे : आयोजकलाई १० हजार र हरेक सहभागीलाई ५ हजार दिराम
२. कारमा ३ जना भन्दा बढी चढाए : प्रत्येकलाई ३/३ हजार दिराम
३. रेष्टुरेन्ट तथा मलहरुमा २ मीटर दुरी कायम नगरे : ३ हजार दिराम
४. कार्यालयमा मास्क नलगाए : कामदारलाई ५ सय र कम्पनीलाई ५ हजार दिराम
५. होम क्वारेन्टाईनमा रहेको बेला नियम उल्लंघन गरे : ५० हजार दिराम
६. संक्रमित व्यक्तिले स्मार्ट ट्रयाकिङ मोबाईल एप्लिकेसन डाउनलोड नगरी ट्रयाकिङ सिस्टममा नबसे वा मोबाईल बोक्न भुले : १० हजार दिराम
७. उक्त एप्लिकेसन ह्याक गरे वा सफ्टवेयर सम्पादन गरे : २० हजार दिराम
८. कोरोना परीक्षण गर्न नमाने : ५ हजार दिराम
९. कोरोना संक्रमित बिरामीको गोपनियता सार्वजनिक गरे : २० हजार दिराम
यूएईमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २५ हजार ६३ पुगेको छ भने २ सय २७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १० हजार ७ सय ९१ जनाले स्वास्थ लाभ गरेका छन् ।
Leave a Reply